आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

समाचार

12/17/2020

बारा, २ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नदी नियन्त्रण आयोजना परवानीपुरका आयोजना प्रमुख राजकुमार श्रीवास्तवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

लालबकैया नदी नियन्त्रण आयोजनाको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको छ । ग्याबिन तारमा प्रयोग गरिएको तारको गुणस्तर परीक्षण गरी प्रयोग गर्नुपर्नेमा परीक्षण नै नगरी बिल र कार्यसम्पादन प्रतिवेदन तयार गरी भुक्तानीका लागि सिफारिश गरेको पाइएको छ ।


निर्माण व्यवसायी थोढुङ्ग अजम्बर शिवराम जेभी नयाँ बानेश्वर काठमाडौंमा भएको गुणस्तरहीन कागजात तयार पारी ९६ लाख ६४ हजार २९६ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको पाइएको छ ।

ग्याबिन तारलाई गुणस्तरयुक्त भनी बिलमा दस्तखत गरी भुक्तानी लिने निर्माण व्यवसायी थोदुङग, अजम्बर, शिवराम जेभीका निर्देशक डबाङ क्षोदेन शेर्पा, जेभीका सञ्चालक बैकुण्ठप्रसाद भण्डारी, अर्का संचालक शिवजी श्रेष्ठविरुद्ध पनि समान बिगो कायम गर्दै मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ