उखु किसानको आन्दोलनमा जनमसर्थन बढ्दै (फोटो फिचर)

समाचार

12/14/2020

काठमाडौं, २९ मंसिर । उखु किसानले आफूले उत्पादन गरेको उखु बेचेको बक्यौता रकम भुक्तानीको माग गर्दै पुनः थालेको काठमाडौंकेन्द्रित आन्दोलनमा नागरिक समाज, युवा, विद्यार्थी तथा आम जनसमुदायको समर्थन बढ्दै गएको छ ।

उखु किसान संघर्ष समितिले माइतीघरमण्डलामा आज दोस्रो दिन पनि विरोध प्रदर्शन तथा धर्ना दिइरहेको छ ।

सो धर्ना तथा प्रदर्शनको दोस्रो दिन व्यापक जनसमर्थन बढ्दै गएको छ । आम जनसमुदायले ‘म कृषक त बन्न सकिन । तर म कृषकको साथ छु’, ‘किसान मार्न पाइदैन’, ‘सरकार किसानलाई बाँच्न देउ’ लगायतका प्लेकार्डहरु बोकी प्रदर्शनमा समर्थन बढ्दै गएको हो ।

तस्वीरमा हेर्नोस् किसान आन्दोलनमा जनसमर्थनः

 
 
 
 
 
 
 
 
 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ