काठमाडौं, २ पुस । बक्यौता रकम भुक्तानीमो माग गर्दै चार दिनदेखि आन्दोलनरत उखु किसानले बिहीबार हलो र जुवासहित प्रदर्शन गरेका छन् ।
काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका किसानहरुले हलो र जुवासहित प्रदर्शन गरेका हुन् । किसानहरु धर्ना बसेको स्थान अगाडि छातीमा प्लेकार्ड झुण्ड्याए थिए । उनीहरुले हलो जोतिरहेको अर्थ दिने गरी हलो र जुवा प्रदर्शनमा राखिएको छ । यस्तै किसानहरुले उखुको ढाँकसहित प्रदर्शन पनि गरेका छन् । काठमाडौंको माइतीघरमा मंसिर २८ गतेदेखि उखु किसानहरु निरन्तर प्रदर्शनमा छन् ।
तपाईको प्रतिक्रिया