काठमाडौं, ६ माघ । उखु किसानहरुलाई सरकारले एकचोटि फेरि ठगेको आरोप लागेको छ । चिनी मिलबाट सम्पूर्ण बक्यौता सरकारले २१ दिनभित्र उपलब्ध गराउने सहमति पूरा गरेन ।
बक्यौताका लागि उखु किसानहरुले पटक–पटक आन्दोलन गरे र सरकारी पक्षबाट वार्ता भई लिखित सहमति भए । तैपनि सरकारले किसानहरुको भुक्तानी गराएन ।
उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले सरकारले एकचोटि फेरि किसानलाई ठगेको बताएका छन् । चिनी मिल मालिकहरुबाट २१ दिनभित्र सम्पूर्ण भुक्तानी दिलाउने सहमति भएको बताउँदै सहमति म्याद गुज्रिसक्दा पनि अहिलेसम्म सम्पूर्ण भुक्तानी भएको छ ।
आन्दोलन गरिरहँदा चिनी मिलहरुले केही–केही भुक्तानी गरिरहेको थियो । सरकारले बाचा गरेअनुसार तोकेको समयमा उद्योगहरुबाट सबै बक्यौता रकम नपाएको उखु किसानहरुले गुनासो गरेका छन् ।
यता, चिनी मिलहरुले किसानको भुक्तानी गरिरहेको भन्ने प्रचारबाजी मात्रै गरेको उखु किसान संघर्ष समितिका संरक्षक मिश्रले बताए ।
तपाईको प्रतिक्रिया