उखु किसानहरुद्वारा उद्योग मन्त्री भट्ट विरुद्ध नाराबाजी

समाचार

12/18/2020

 काठमाडौं, ३ पुस । काठमाडौंको माइतिघर मण्डलमा आन्दोलन गरिरहेका उखु किसानहरुको अवस्था बुझ्न त्यहाँ पुगेका उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री लेखराज भट्टविरुद्ध किसानहरुले नाराबाजी गरेका छन् ।

मन्त्री भट्टले उखु किसानको माग सम्बोधन गर्ने बताए पनि ठोस प्रस्ताव नल्याएको भन्दै किसानहरुले उनीविरुद्ध नारा लगाएका थिए ।

मन्त्री भट्टले संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बिहीबार चिनी उद्योगीहरुलाई कारबाही गर्न खोज्दा नेताहरुले नै फोन गरेर कारबाही नगर्न दवाव दिन‍े गरेको बताएका थिए ।

नाराबाजीकै बीच मन्त्री भट्टले उखु किसानहरुले अब आफ्नो परिश्रमकको भुक्तानी लिन आन्दोलन गरिरहन नपर्ने बताए । उनले भुक्तानी नदिने मिल सञ्चालकहरुलाई पक्राउ पुर्जी जारी गरिएको र उनीहरुले भुक्तानीको प्रक्रिया सुरु गरिसकेको भन्दै आन्दोलन स्थगित गरेर घर फर्कन आग्रह गरेका थिए ।

मन्त्री भट्टसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्रदयेश त्रिपाठी पनि सहभागी थिए ।

यस्तै किसानहरुको आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत माइतिघर मण्डला पुगेका छन् । नेता पौडेलको किसानहरुको आन्दोलनमा ऐक्यवद्धता जनाए ।

आन्दोलनकारीलाई सम्बोधन गर्दै नेता पौडेलले तत्काल किसानको रकम भुक्तानीको व्यवस्था मिलाउन र मिल सञ्चालकहरुलाई कारबाही गर्न सरकारसँग आग्रह गरे ।

गतवर्ष सरकारसँग भएको सहमति कार्यान्वयन र चिनी मिलबाट उखुको बक्यौता भुक्तानी पाउनुपर्ने माग गर्दै उखु किसाहरु मंसिर २८ गतेदेखि राजधानी आएर आन्दोलन गरिरहेका छन् । उनीहरुले रौतहट, सर्लाही र नवलपरासीका विभिन्न चिनी मिलबाट किसानले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको बताएका छन् ।

ब्ततबअजmभलतक बचभब

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ