काठमाडौं, १२ बैशाख । उज्यालो नेटवर्क डटकमका उपसम्पादक अनिश तामाङ पक्राउ परेका छन् । नेपाल प्रहरीले उज्यालो नेटवर्कको कार्यालयमा घेराउ हालेर बल प्रयोग गरेको हो ।
क्यमरा र मोबाइल समेत खोसेको छ । डेक्समा काम गरिरहेका उज्यालो नेटवर्कका देशका सम्पादक विवेक लोप्चनको मोबाइल खोसेको छ ।
डिएसपी बि सुवेदिको टोलिले उक्त कार्य गरेको हो । उज्यालो नेटवर्कले केही समय अगाडि भारतीय रअ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको ४ बुँदे सहमती बारे समाचार प्रकाशन गरेको थियो ।
प्रेस काउन्सिल नेपालले मागेको २४ घण्डे स्पष्टीकरणमा उज्यालो नेटवर्कले असावधानीबस समाचार प्रकाशन भएको भनी क्षमा मागिसकेको छ ।
उच्च अदालतअले सरकारलाई पत्रकारलाई समाचार लेखेकाइ भरमा पक्राउ नगर्नु भन्ने आदेश दिसकेको छ ।
तपाईको प्रतिक्रिया