उत्तरी कोरलानाकामै थन्कियो चिनियाँ राहत

समाचार

5/19/2020

काठमाडौं, ६ जेठ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस ( कोभिड-१९ )ले सृजित लकडाउनका कारण समस्यामा परेका उपल्लो मुस्ताङको २ स्थानीय तहलाई उपलब्ध गराइएको चीनको तिब्बती राहत एकसाता अघिदेखि उत्तरी कोरलानाकामै थन्किएको छ ।

उत्तरी छिमेकी देश चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई राहत समाग्री उपलब्ध गराएको जनाइएको छ ।

चीनको स्वशासितक्षेत्र तिब्बत सरकारले गत वैशाख २६ गते उपल्लो मुस्ताङका लागि ६ वटा ट्रकमा खाद्यान्न ,तरकारी तथा कोरोना रोकथाम तथा नियन्त्रण लगायतका स्वास्थ्य सामाग्री पठाएको थियो । तिब्बतबाट आएको ठूलो परिणामको राहत अहिले कोरोलामै थन्किन पुगेको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले जिल्ला र स्थानीय निकायसँग समन्वय नगरी सीमित व्यक्तिको समन्वयमा राहत पठाएको भन्दै राहत सामाग्री नबुझ्ने घोषणा गरेका छन् ।

चीनले पठाएको राहत सामग्रीमा माक्स, पीपीइ, थर्मल गन, सेनेटाइजरलगायतका स्वास्थ्य सामग्री छन् भने त्यससँगै ठूलो परिणाममा खाद्यान्नलगायत लत्ताकपडा रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ