उपेन्द्रको बठ्याइँ !

समाचार

5/18/2021

काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा राजेन्द्र महतोलाई मान्यता नदिन दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादवले संघीय संसद सचिवालयलाई आग्रह गरेका छन् ।

जसपाका प्रथम वरियताका अध्यक्ष महन्थ ठाकुरले जसपाको संसदीय दलको नेतामा महतो निर्वाचित भएको जानकारी संघीय संसद सचिवालयलाई जानकारी गराएको केही बेरमा नै उपेन्द्रको खण्डन आयो त्यो पनि दुई दिन पछाडिको मिति राखिएको पत्रमार्फत् ।

ठाकुरले संघीय संसदलाई जेठ ४ मंगलबार दलको नेतामा महतोलाई चयन गरेको जानकारी पठाएका थिए । जसको दर्ता नं. १३७९ रहेको छ । तर यादवको बठ्याइँ हास्यास्पद रहेको एक नेता बताउँछन् ।

उपेन्द्र यादवले आइतबार अर्थात जेठ २ गतेको मितिमा पत्र तयार गरी संघीय संसद सचिवालयलाई अनुरोध गरेको र त्यसमा संघीय संसद सचिवालयको दर्ता नं. १३७६ र मिति २०७८ जेठ २ गते कागजमा टालेर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ ।

प्रश्न उठ्छ कि, उपेन्द्र यादवलाई कसरी भविष्यवाणी आयो कि कसैले जसपाको संसदीय दलको नेता चयन भएको जानकारी आएको आएको हुन् सक्छ ? जबकि ठाकुरले जानकारी गराउनुअघि दुई पहिला नै यादवले संघीय संसद सचिवालयलाई अनुरोध गरेका थिए ।

उपेन्द्र यादवमाथि यसअघि पनि सांसदलाई झुक्याएर हस्ताक्षर गराएको, लुम्बिनी प्रदेशका मन्त्रीहरुको सांसद पदलाई अवैधानिक तरिकाले बर्खास्त गरेको, पार्टीको निर्णयविपरीत कांग्रेस र माओवादीसँग मिलेर सत्ता सहकार्यका लागि क्रियाकलाप गरेको लगायतका अराजक क्रियाकलाप गरेको आरोपहरु लागेका छन् र त्यो सत्य शिद्ध पनि भएको हो ।

उपेन्द्रले लुम्बिनी प्रदेशका चार मन्त्रीहरुको सांसद पद निलम्बन गरेका थिए जसलाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर अवैधानिक भएको ठहर ग¥यो ।

उपेन्द्र समूहकै केन्द्रीय सदस्य आङ्काजी शेर्पाले प्रदेशका मन्त्रीहरुलाई सांसद पदबाट निलम्बन गर्नु अवैधानिक भएको मधेशवाणी रेडियो कार्यक्रममा बताएका छन् ।

उनले महन्थ ठाकुरको अडानलाई सलाम गर्नुपर्ने जिकिरसमेत गरेका छन् । ‘मुद्दा सम्बोधन नभएसम्म कसैसँग सत्ता सहकार्यमा नजाने अध्यक्ष महन्थ ठाकुरजीको अडानलाई सलाम छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ