काठमाडौं, ३ असार । जनता समाजवादी पार्टी नेपाल उपेन्द्र यादव र डा.बाबुराम भट्टराई समूहले प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा मन्त्री भएका नौ जनालाई पार्टीबाट निष्काशन गरेको छ ।
बिहीबार उपेन्द्र–बाबुराम समूहको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको हो । तर, सो बैठक अवैधानिक भएको भन्दै पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुर सहभागी नहुन आग्रह गरेका थिए ।
यसैगरी, उपेन्द्र–बाबुरामले पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा पुनः निवेदन दिने निर्णयसमेत गरेका छन् ।
यस्तै, सो बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
साथै, चुरे दोहन गर्न नहुने बैठकले निष्कर्ष निकालेको छ। त्यस्तै, बाढी पहिरोको उद्धारका लागि खट्न नेता कार्यकर्तालाई निर्देशन दिएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया