काठमाडौं, २ असार । जनता समाजवादी पार्टी नेपालका दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादवले बोलाएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा सहभागी नहुन प्रथम वरियताका अध्यक्ष महन्थ ठाकुरले आग्रह गरेका छन् ।
अध्यक्ष ठाकुरले बुधबार एक विज्ञप्ति जारी गरी यस्तो आग्रह गरेका हुन् । अध्यक्ष यादवले बिहीबार केन्द्रीय कार्यकारिणी समितिको बैठकको आह्वान गरेका छन् ।
ठाकुरले जसपाको नाममा असार ३ गते बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठक अवैधानिक र अनाधिकृत रहेको बताएका छन् ।
‘त्यस बैठकबाट हुने सबै निर्णयहरु हाम्रो लागि अमान्य हुनेछ,’ ठाकुरले विज्ञप्तिमा भनेका छन्, ‘तसर्थ त्यस प्रकारको कुनै अधिकृत बैठक नरहेकोले सम्बन्धित सदस्य तथा पदाधिकरीहरुलाई त्यस्तो बैठकमा सहभागिता नजनाउन आग्रह गर्दछु ।’
तपाईको प्रतिक्रिया