उपेन्द्र यादवले मन्त्रीहरुलाई सोधे स्पष्टीकरण

समाचार

6/14/2021

काठमाडौं, ३१ जेठ । संघीय सरकारमा सहभागी भएका जनता समाजवादी पार्टी नेपालका मन्त्रीहरुलाई अध्यक्ष उपेन्द्र यादवले सात दिनभित्र स्पष्टीकरण मागेका छन् ।

जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई अध्यक्ष उपेन्द्र यादवले स्पष्टीकरण सोधेका छन् ।

पार्टीको निर्णय बेगर सरकारमा सहभागी भएको भन्दै अध्यक्ष यादवले मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका हुन् ।

अध्यक्ष यादवले भने, ‘पार्टीको कुन निर्णयबाट सरकारमा सहभागी भएको भनेर सोधेका छौं ।’ स्पष्टीकरण बुझाउन सात दिनको म्याद दिइएको उनले बताए ।

चारबुँदे स्पष्टीकरण पत्रमा सात दिनभित्र चित्तबुझ्दो जवाफ नआए राजनीतिक दलसम्बन्धी ऐन र जसपाको अन्तरिम विधान २०७७ बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ