उपेन्द्र यादवले ९० करोड युवान लिएकै हुन् त ?

समाचार

5/9/2021

काठमाडौं, २६ बैशाख । अहिले सत्ता समीकरणका लागि निर्णायक मानिएको जनता समाजवादी पार्टी नेपालका दोस्रो नम्बरका अध्यक्ष उपेन्द्र यादवबारे विभिन्न चर्चा–परिचर्चा हुने गरेका छन् ।

उपेन्द्र यादवले पार्टी फुटाउन लागेको, छापामार शैलीमा हस्ताक्षर गराएको, छिमेकी मित्रराष्ट्र चीनसँग मोटो रकम लिएको लगायतका कुराहरु बाहिर आइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई जसरी पनि बहिर्गमन हुनुपर्ने वक्तव्य उपेन्द्र यादव दिँदै आएका छन् । यसैबीचमा उपेन्द्र यादवले ओली नेतृत्वको सरकार ढाल्न र माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउनका लागि चीनसँग ९० करोड युवान लिएको धेरै चर्चामा छन् ।

यसबारे सामाजिक सञ्जालमा पनि धेरै भाइरल भइरहेका छन् उपेन्द्र यादव ।

उनीविरुद्ध यस्ता गम्भीर आरोपहरु लागिरहँदा कुनै किसिमको प्रतिक्रिया वा स्पष्टोक्ति आइरहेको छैन । अध्यक्ष यादवले यसबारे नप्रष्ट्याउँदा गम्भीर आशंका उत्पन्न हुँदैछ । यसबारे अध्यक्ष यादवले खण्डन गर्नुपर्ने कतिपय शुभचिन्तकहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ