उपेन्द्र यादवसँग जसपाले सोध्यो दोस्रोपटक स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए निष्काशन गरिने

समाचार

5/29/2021

काठमाडौं, १५ जेठ । जनता समाजवादी पार्टी नेपालले दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादवसँग दोस्रो पटक स्पष्टीकरण सोधेको छ । २४ घण्टाभित्र स्पष्टीकरण दिन अध्यक्ष महन्थ ठाकुरले पत्र जारी गरेका छन् ।

शनिबार अध्यक्ष ठाकुरद्वारा हस्ताक्षरित पत्रमा २४ घन्टाभित्र स्पष्टीकरण नआए जसपाको अन्तरिम विधान २०७७ बमोजिम निष्काशनसम्मको कारबाही हुने भनिएको छ ।

पार्टी विधान तथा नीतिविपरीत उपेन्द्र यादवले कार्य गरेकोले गत मंगलबार जसपाले पहिलो पटक स्पष्टीकरण सोधेको थियो ।

पहिलो पटक स्पष्टीकरण सोधिँदा हालसम्म कुनै जवाफ नआएकोले आफ्नो सफाइ पेश गर्न दोस्रो पटक मौका दिइएको अध्यक्ष ठाकुरले पत्रमा उल्लेख गरेका छन् ।

यसअघि उपेन्द्रले स्पष्टीकरणको जवाफ स्पष्टीकरणबाट दिएका थिए । शनिबार उपेन्द्र समूहले पनि पहिलो वरियताका अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्लसँग स्पष्टीकरण सोधेको छ र निष्काशन गर्ने चेतावनी पनि दिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ