काठमाडौं, १८ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादवलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेका छन् ।
यादवले पटक–पटक पार्टीको विधान, नीति र कार्यदिशाविपरीत गर्दै आएकोले अनुशासनको कारबाही गरिएको हो ।
यादवसँग पटक–पटक स्पष्टीकरण सोधिएपनि अटेरी गरी उल्टै अध्यक्ष ठाकुर, वरिष्ट नेता राजेन्द्र महतो, केन्द्रीय कार्यकारिणी समितिका सदस्यद्वय लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्लसँग यादवले नै स्पष्टीकरण सोध्दै आएका छन् ।
यादवले ती चारै जना नेतालाई पार्टीबाट निष्काशन गरेको समेत विज्ञप्ति जारी गरेपछि अध्यक्ष ठाकुरले उनलाई पार्टीबाट निष्काशन गरेका हुन् ।
उपेन्द्रलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको पत्र निर्वाचन आयोगलाई समेत अध्यक्ष ठाकुरले जानकारी गराइसकेका छन् ।

तपाईको प्रतिक्रिया