उपेन्द्र यादव र माधव नेपालबीच भेटवार्ता

समाचार

7/20/2021

काठमाडौं, ५ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग मंगलबार बिहान भेटवार्ता गरेका छन् ।

कोटेश्वरस्थित नेपालको निवासमा भएको भेटमा कुराकानीको विषय खुलेको छैन । यद्यपि समसामयिक राजनीति र सरकार सञ्चालनका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

यसअघि बिहानै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेता नेपाललाई भेटेका थिए ।

नेपाललाई भेट्न प्रचण्ड बिहान सवा ८ बजे नेपाल निवास कोटेश्वर पुगेका थिए । स्रोतका अनुसार प्रचण्ड झण्डै एक घण्टा भेट गरेर नेपाल निवासबाट बाहिरिएका थिए।

त्यस्तै प्रचण्ड फर्किएलगत्तै जसपा अध्यक्ष यादव नेपाल निवासमा प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ