काठमाडौं, ९ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादव समूहको केन्द्रीय कार्यकारिणी समितिको बैठकलाई अवैधानिक बताएका छन् ।
अध्यक्ष ठाकुरले यादव समूहको तथाकथित गोप्य स्थानमा भएको बैठकको कुनै अर्थ नरहेको विज्ञप्तिमार्फत् जनाएका छन् ।
जसपा केन्द्रीय कार्यकारिणी समितिको पूर्वनिर्धारित जेठ ८ र ९ गतेको बैठक बढ्दो कोरोना महामारीका कारण अध्यक्ष ठाकुरले अनिश्चितकालका लागि स्थगन गरेका थिए ।
तर यादव पक्षले गोप्य स्थानमा बैठक गरी अध्यक्ष ठाकुरसहित चार जनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
‘जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको भनिएको बैठक र त्यस्तो कथित बैठकबाट गरिने सबै निर्णयहरु अमान्य हुने व्यहोरा निर्वाचन आयोगलाई समेत जानकारी गराइएको छ ।’ अध्यक्ष ठाकुरले आइतबार विज्ञप्ति जारी गरी भनेका छन् ।
उपेन्द्र समूहको निर्णयहरुलाई मान्यता नदिन जसपाको पत्र आइतबार दिउँसो ३ केन्द्रीय कार्यकारिणी समिति सदस्य डा.सुरेन्द्र झाले कान्तिपथस्थित आयोगको कार्यालयमा दर्ता गराएका थिए ।
तपाईको प्रतिक्रिया