एउटा दलको सांसद अर्को दलमा गएर सांसदको संख्या बन्न सक्दैन : वरिष्ठ अधिवक्ता महतो

समाचार

7/1/2021

काठमाडौं, १७ असार । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहसमा वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले एउटा दलको सांसद अर्को दलमा गएर सांसदको संख्या बन्न नसक्ने दाबी गरेका छन् ।

बिहीबारको बहसमा आफ्नो तर्क प्रस्तुत गर्दै वरिष्ठ अधिवक्ता महतोले सो दाबी गरेका हुन् । उनले प्रधानमन्त्री नियुक्त गर्नका लागि एउटा दलको सांसद अर्कोमा गएर मिलेपछि राष्ट्रपतिलाई आधार उचित नलागेको तर्क गरेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस गर्ने क्रममा उनले सो तर्क गरेका हुन् ।

बहुदलीय शासन प्रणाली भनेको दलको शासन भएको तर्क गर्दै उनले दलभन्दा बाहिर गएर सरकार गठन गर्ने भनेर संविधानमा कतै पनि व्याख्या नगरिएको स्मरण गराए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ