एकै दिन ४५२४ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

समाचार

4/27/2021

काठमाडौं, १४ बैशाख । नेपालमा एकै दिन ४५ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ ।

१४६७२ पीसीआर परीक्षण र १००९ एन्टिजेन परीक्षणमा क्रमशः ४३६४ र १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै देशभर कुल संक्रमितको संख्या ३ लाख ७ सय ९२५ पुगेको छ ।

काठमाडौँ उपत्यकामा करिब दुई हजार कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । योसंगै देशभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१ सय ९४ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ