जनकपुरधाम, ६ जेठ । धनुषाको मिथिला नगरपालिकाको एउटै वडामा ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरपालिकाका सबै सेवा बिहीबार देखि बन्द भएको छ ।
वडा नम्बर ११ लोटा गाउँका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रचिन्द्र डङ्गोलले जानकारी दिए ।
कोरोना संक्रमितको लक्षणसँग मिल्दोजुल्दो बिरामीको संख्या गाउँमा बढेपछि नगरपालिकाले ५४ जनाको स्वाव संकलन गरी परीक्षणका लागि प्रादेशिक कोभिड अस्पताल जनकपुर पठाएका थियो ।
त्यसमध्ये ४६ जनामा कोरोना पोजेटिभ देखिएको नगरपालिकाका अधिकृत डङ्गोलले बताए । संक्रमितमध्ये जटिल देखिएका दुई जनाको सिन्धुलीमा उपचार भइरहेको छ भने अन्यको स्वास्थ्य अवस्था सामान्य छ । सामान्य अवस्थाका कोरोना संक्रमितहरू अहिले होम आइसोलेसन रहेका छन् ।
तपाईको प्रतिक्रिया