सिरहा, ४ कात्तिक । एक सय किलो गाँजा बोकेको ट्याक्टरसहित दुई जना पक्राउ परेका छन् ।
सिरहा मिर्चैया नगरपालिका–१ मनहर्वाबाट प्रहरीले ना२त १४ नम्बरको ट्याक्टरका चालक १९ वर्षीय सुन्दर कापर र २६ वर्षीय सहचालक जितेन्द्र महतोलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मनहर्वाको भित्री सडकमा दक्षिणतर्फ जाँदै गरेको ट्याक्टरमा गाँजा लगिँदै थियो । चेकजाँच गर्ने क्रममा प्लाष्टिकको बोरामा प्याक गरिएको गाँजा फेला परेको थियो । उक्त गाँजा भित्री बाटो हुँदै भारत निकासी गर्न लगिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई लागुऔषध नियन्त्रण ऐन अनुसार अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया