एमालेकी जानकीदेवीले लिइन् प्रतिनिधिसभा सदस्यको सपथ

समाचार

4/4/2021

काठमाडौं, २२ चैत । नेकपा एमालेकी नेतृ जानकीदेवी रामले प्रतिनिधसभा सदस्यको सपथ ग्रहण गरेकी छन् । आइतबार सभामुख अग्नि सापकोटाले उनलाई संसद सचिवालयमा पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

जानकीदेवी सिरहाकी हुन् । समानुपातिक सांसद सानु सिवाको निधनपछि खाली भएको कोटामा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जानकीदेवीको नाम मनोनयनका लागि निर्वाचन आयोगमा सिफारिस गरेका थिए ।

एमालेले आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा शिवापछि समावेशी समूह दलिततर्फको कोटामा रामको नाम समावेश थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ