काठमाडौं, ९ जेठ । सत्तारुढ नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालनिकट युवा संगठनहरुले सरकारले घोषणा गरेको निर्वाचनलाई स्वागत गरेका छन् ।
एमाले र जसपाका युवा संगठनहरुले आइतबार एक संयुक्त स्वागत वक्तव्य जारी गर्दै अहिलेको अस्थिरताबाट मुलुकलाई निकाल्नका लागि ताजा जनादेश नै उपयुक्त रहेको ठहर गरेका छन् ।
एमाले निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष वचन बहादुर सिंह र जसपानिकट राष्ट्रिय युवा संघका अध्यक्ष मुकेश झाले संयुक्तरुपमा स्वागत वक्तव्य जारी गरेका छन् ।
मुलुकलाई अस्थिरतातर्फ धकेल्ने गतिविधि नगर्न सम्बद्ध पक्षलाईसमेत एमाले र जसपानिकट युवा संगठनहरुले चेतावनी पनि दिएका छन् ।


तपाईको प्रतिक्रिया