एमाले सांसद डा.भीम रावलले किन दिए राजीनामा ? (भिडियोसहित)

समाचार

7/18/2021

काठमाडौं, ३ साउन । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् । राष्ट्रवादी नेताको रुपमा परिचय बनाएका डा.रावलको राजीनामाले राजनीतिक तरंग ल्याएको छ ।

अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए ।

सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषण गरेका हुन् ।

रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने बताए ।

‘तसर्थ देश र जनविरोधी राजनीतिको मतियार हुनुभन्दा त्यस दूषित खेलबाट आफूलाई अलग गर्दछु’ उनले उनले घोषणासमेत गरेका छन् ।

भिडियो हेर्नुस् :

<iframe src="//www.youtube.com/embed/wNKBB1MvJjc" width="560" height="314" allowfullscreen="allowfullscreen"></iframe>

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ