एमसीसीबारे जसपा अझै अन्योल

समाचार

7/13/2020

काठमाडौं, २९ असार । जनता समाजवादी पार्टी (जसपा) को प्रवास विशेष कमिटीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई इस्ट इन्डिया कम्पनीसँग तुलना गरिएको भोली पल्ट उक्त पार्टीले यसबारे कुनै औपचारिक धारणा सार्वजनिक नगरेको जनाएको छ ।

जसपाको प्रवास विशेष कमिटीले बनाएको कार्यदलले आइतबार एमसीसीलाई इस्ट इन्डिया कम्पनीसँग तुलना गर्दै राष्ट्रियता र स्वाधिनतामा आँच आउने शर्तहरु राखेर सहयोग लिन नहुने सुझाव दिएको थियो ।

पार्टीको नामबाट बाहिर आएको भनिएको धारणा जसपाको आधिकारिक नरहेको अध्यक्ष उपेन्द्र यादव र महन्त ठाकुरले विज्ञप्ति प्रकाशित गरी जानकारी दिएका छन् । केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एमसीसीबारे जसपाको आधिकारिक धारणा सार्वजनिक भनी प्रकाशित समाचारहरु गलत रहेको विज्ञप्तीमा जनाइएको छ । एमसीसीबारे नीति र धारणा निमार्णका लागि पार्टीभित्र बहस र छलफल जारी रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘एमसिसीबारे पार्टीले निर्णय गरेको छैन। कुनै आधिकारिक धारणा पनि सार्वजनिक गरिएको छैन,’ अध्यक्षद्वयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘यसबारे आन्तरिक गृहकार्य र छलफल जारी नै छ ।’

पार्टीलाई बदनाम गराउने गरी भइरहेका भ्रामक प्रचारबारे दुई अध्यक्षले विज्ञप्तिमार्फत खेद व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ