एयर गनसहित एक जना पक्राउ

समाचार

7/19/2021

पर्सा, ४ साउन । सखुवाप्रसौनी गाउँपालिका–५ महुवन बस्ने ६० वर्षीय रामबाबु प्रसाद कलवारलाई १ थान एयर गन सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रामबाबुले घरभित्र अवैध हतियार लुकाई राखेको छ भन्ने सूचनाको आधारमा प्रहरी चौकी महुवनबाट खटिएको प्रहरी टोलीले तलासी गर्दा उनी सुत्ने कोठाभित्र लुकाई राखेको उक्त गन फेला पारी पक्राउ गरेको हो ।

उनलाई हात हतियार सम्बन्धी कसूरमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ