ओलीको विखण्डनकारी षड्यन्त्रलाई दरो झापड : डा.भट्टराई

समाचार

4/23/2020

काठमाडौं, ११ बैशाख । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण सहमतिपश्चात् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडा प्रतिक्रिया दिएका छन् ।

बुधबार अबेर राति ‘जनता समाजवादी पार्टी, नेपाल ( People’s Socialist Party,Nepal ) मा सहमति भइसकेपछि डा.भट्टराईले प्रधानमन्त्री ओलाीलाई विखण्डनकारीको संज्ञासमेत दिएका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘ देशमा भरपर्दो वैकल्पिक राजनीतिक शक्तिको निर्माण ! ओलीको विखण्डनकारी षड्यन्त्रलाई दरो झापड !’

कम्युनिष्ट र कांग्रेसको विकल्पमा भरपर्दो अग्रगामी लोकतान्त्रिक शक्ति निर्माण भएको भन्दै डा.भट्टराईले सबैलाई एकतावद्ध हुन आग्रह पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ