काठमाडौं, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी विभाजनको औपचारिक घोषणा हुन बाँकी रहेको बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।
ओलीले केन्द्रीय सदस्य थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेका हुन् ।
मंगलबार उनले बालुवाटारमा आफूपक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या ११९९ बनाएर थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेका हुन् ।
हाल नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको रहेको छ भने ७५३ जना थपिएसँगै केन्द्रीय सदस्य ११९९ जनाको हुनेछ । जुन महाधिवेशन आयोजक समितिको रुपमा रहनेछ ।
तपाईको प्रतिक्रिया