काठमाडौं, १३ फागुन । भारतीय जनता पार्टी (भाजपा) नेता सुब्रमण्यम स्वामीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि टिप्पणी गरेका छन् ।
एक ट्वीट गर्दै स्वामीले ओलीद्वारा गरिएको संसद् विघटन बदर ‘घर न घाटको’ भएको टिप्पणी गरेका हुन । चीनको प्रभावसँग लड्न भारतले नेपालको विकसित घटनाक्रमबाट सिक्नुपर्ने पनि उनले लेखेका छन् ।
‘ओली उनकै कदमका कारण अहिले ‘न घर न घाट’को अवस्थामा पुगेको हुँदा यहि बेला चिनियाँ प्रभावलाई निस्तेज पार्न भारतले केहि सिक्नैपर्छ,’ उनले भनेका छन्, ‘चिनियाँहरुले भूमिका बढाउने नै छन् त्यसैले सन्तुलन कायम राख्न भारतले निकै चतुर (मूर्खतापूर्ण होइन) राजनीतिक चाल चाल्नुपर्छ ।’
नेपालमा चाँडै लोकतन्त्र फर्कने र संयुक्त सरकार गठन हुने आशा पनि उनले व्यक्त गरेका छन् । स्वामी सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का नेता एवम् राज्य सभा सांसद हुन् । उनी त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट मानिन्छन् ।
तपाईको प्रतिक्रिया