काठमाडौं, २३ माघ । नेकपा ओली समूहका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले केपी ओली बुद्धको उत्तराधिकारी र मधेशीको नेता भएको दावी गरेका छन् ।
काठमाडौंको नारायणहिटी दरबार संग्रहालय अगाडि शुक्रबार भएको सभालाई सम्बोधन गर्दै उनले ओलीलाई बुद्धका उत्तराधिकारीसँग तुलना गरे ।
ओलीलाई मधेशी जनताको समर्थन रहेको दाबी गर्दै उनले भने, ‘ओली मधेशीका नेता हुन् ।’
‘अहिले एक्साइसौं शताब्दीको देशमा बुद्धको उत्तराधिकारी जसले राष्ट्रियता, स्वाधीनता र समानताको प्रतीक रहनुभएका केपी शर्मा ओलीलाई सम्पूर्ण मधेश जनताको प्यारो समर्थन छ’, उनले भने । अर्का समूहका नेताहरुलाई जोकरको संज्ञा उनले बताए ।
मण्डलले जनताले कठिन परिस्थितिको सामना गरिरहेको पनि बताए । ‘आज देशब्यापी रुपमा नेपाली जनताले कठिन परिस्थितिको सामना गर्नु परेको छ । आखिर यो परिस्थिति कसरी सिर्जना भयो ?’, मण्डलले भने ।
नेकपाका अर्का समूहका नेताहरुले नै मुलुकमा कठिन परिस्थिति सिर्जना गरेको उनले आरोप लगाए ।
तपाईको प्रतिक्रिया