‘ओलीलाई समर्थन गर्ने सम्भावना छैन’

समाचार

4/9/2021

काठमाडौं, २७ चैत । जसपा दुई धारमा विभाजित भइरहेका बेला नेता महेन्द्र राय यादवले प्रतिनिधि सभा पुनःस्थापनाका पक्षमा आन्दोलन गरेका शक्तिहरू मिलेर नयाँ गठबन्धन बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई जसपाले असंवैधानिक भनेको, अहिलेसम्म त्यो निर्णय परिवर्तन नभएको र प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन गरेकाले प्रतिनिधि सभा पुनःस्थापनाका पक्षमा आन्दोलन गरेका शक्तिहरू मिलेर नयाँ गठबन्धन बनाउनुपर्ने उनको धारणा छ ।

उनले ओली नेतृत्वमा रहेका प्रतिगमनकारीसँग गठबन्धन नहुने पनि बताए । ‘हामीले प्रतिनिधि सभा विघटनलाई प्रतिगामी कदम भनेका थियौं । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई सच्याएको छ,’ नेता यादवले भने, ‘पार्टीको निर्णयविपरीत कसले के गर्छ, के बोल्छ ? कोसँग भेटघाट गर्छ भन्ने कुराले ठूलो अर्थ राख्दैन ।’

सरकार गठनकै बेला समर्थन दिए पनि प्रधानमन्त्री ओलीले कुनै मागलाई सम्बोधन नगरेकोले समर्थन फिर्ता लिएको कुरा उनले स्मरण गराए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ