जनकपुरधाम, २ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर जनताको जनादेश एवम् मतको अपमान गरेको बताएका छन् ।
नेपाल तरुण दल केन्द्रीय समिति विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व मन्त्री समेत रहेका भण्डारीले प्रतिनिधिसभा विघटन गरेर जनतालाई धोका दिइएको बताए ।
भण्डारीले वर्तमान सरकारले अवैधानिक कदम चालेर संसद् विघटन गर्नु जनतासँग बेइमानी गरेको आरोप समेत लगाए ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली सहितको व्यवस्था र संविधानको रक्षाका लागी प्रतिनिधिसभा आवश्यक रहेकोले सर्वोच्च अदालतको फैसला मान्नुपर्ने अवस्था नै उपयुक्त रहेको उनले बताए ।
देश, जनता, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानका लागी प्रतिनिधिसभा प्राप्त गर्नु नै अपरिहार्य छ । काँग्रेसको एजेन्डा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र यसको सुरक्षा नै रहेको उनले दाबी गरे ।
केपी ओली सरकारले अहिले ठुला–ठुला नारा र भाषण गरेर जनतालाई भ्रमित गर्नमा लागेको नेता भण्डारीले आरोप लगाए । नेपाल तरुण विभाग केन्द्रीय समितिको तेस्रो बैठक जनकपुरधाममा सुरु भएको छ ।
तपाईको प्रतिक्रिया