काठमाडौं, २ साउन । निवर्तमान प्रधानमन्त्री तथा मनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुबीच शिष्टाचार भेटवार्ता भएको छ ।
शनिबार ओली निवास बालकोटमा भएको भेटवार्तामा जसपाका नेताहरु ठाकुरसहित राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा पुगेका थिए ।
‘प्रधानमन्त्री भएको बेला भेट भइरहन्थ्यो । प्रधानमन्त्रीबाट हटेपछि कसैको पनि भेट भएको थिएन । त्यसैले के छ हालखबर पनि बुझौं भनेर गएका हौं, भेटमा सहभागी नेता अनिल झाले बताए ।
आइतबारदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाइएको छ । संसद अधिवेशन चलेका बेला कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा सामान्य छलफल भएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया