काठमाडौं, २३ असार । नेपालमा पछिल्लो समय सत्तारुढ दलभित्रको राजनीतिक संकटका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउनका लागि चीन र पाकिस्तानी गुप्तचरहरु सक्रिय भएका छन् ।
भारतीय सुरक्षा स्रोतका अनुसार नेपालमा कोरोनाविरुद्धको लडाइँमा स्वास्थ्यकर्मीको रुपमा चीनले जासुसीको संख्या बढाउनुका साथै उनीहरुको सक्रियतासमेत बढेको बताइएको छ ।
चिनियाँ गुप्तचर संस्था ’मिलिटरी अफ स्टेट सेक्युरिटी’ को उपस्थिति नेपालमा बढाइएको छ । चीनको विदेशी जासुसी गर्ने गुप्तचर प्रहरी संगठन एमएसएस हो ।
त्यसैगरी नेपाल–भारत सीमा विवादमा पाकिस्तानले आफ्नो फाइदा लिने प्रयास गरिरहेको छ । पाकिस्तानी प्रतिनिधिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने प्रयास गरिरहेका छन् ।
भारतविरुद्ध प्रयोग हुनसक्ने नेताहरुसँगको भेट पछिल्लो समय पाकिस्तानीहरुले पनि बढाएको बताइएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले परराष्ट्र मन्त्रालयमा औपचारिक पत्र पठाएको छ र उक्त पत्रमार्फत प्रधानमन्त्री ओलीसँग संवादका लागि प्रस्ताव गरेको बताइएको छ ।
यससँगै पाकिस्तानी आईएसआईको संख्यामा पनि बढाइएको जनाइएको छ । ग्रेटर नेपालका अभियन्ता फडिन्द्र नेपालले पाकिस्तान र चिनियाँ दूतावासमा भेट गरेको खुलासा भएको छ । चीनले आफ्नो छिमेकीहरुलाई उचालेर भारतविरुद्ध प्रयोग गर्ने रणनीति लिएको छ ।
चीन र पाकिस्तानले नेपाललाई भारतविरुद्ध प्रयोग गरेर अर्को मोर्चा बनाउने तयारी गरेका छन् ।
तपाईको प्रतिक्रिया