ओली समूहको नेकपाको प्रदेश २ स्तरीय भेला सम्पन्न

समाचार

12/30/2020

वीरगन्ज, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं. २ स्तरीय भेला वीरगंजको नगर सभा गृहमा सम्पन्न भएको छ ।

जिल्ला कार्य समिति पर्साको अध्यक्षतामा भएको प्रदेश नं. २ भेला कार्यक्रममा अर्थमन्त्री विष्णु प्रसाद पोडेलले देशको समृद्ध विकासका लागि अग्रसर भएको बताएका छन् ।

यसैगरी, शहरी विकासमन्त्री प्रभु साहले प्रतिगामी तत्वहरुले विभिन्न बहानामा पार्टीमा रहेका सोझासाझा व्यक्तित्वहरुलाई बिगार्ने प्रयास भइरहेकोले यस्ता तत्वहरुसँग टाढै बस्न कार्यकर्ताहरुलाई बताए ।

ओली समूहको प्रदेश नं.२ मा भएको यो प्रथम कार्यकर्ता भेलामा बारा, पर्सा, रौतहत, जनकपुर, सर्लाही लगायतका कार्यकर्ताहरु वीरगंजमा आई भेला कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रम अगावै विरगंज महानगर क्षेत्रमा सुरक्षा व्यस्वथा चुस्त दुरुस्त गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् ।

कार्यकर्ता र केन्द्रीय नेताहरु अर्थमन्त्री विष्णु पौडेलको स्वागतमा जिल्ला प्रहरी कार्यालयको हेलिकप्टर पुगेको थियो ।

प्रदेश भेला कार्यक्रममा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, शहरी विकास मन्त्री प्रभु साह, कानूनमन्त्री लिलानाथ श्रेष्ठ, महिला तथा बाल विकास मन्त्री जुली महतो, प्रदेश सभासद सत्यनारायण मण्डल, पूर्वसांसद तथा केन्द्रीय सदस्य राजकुमार गुप्ता, केन्द्रीय सदस्य बसरुद्दीन अन्सारी, जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य प्रभु हजरालगायत विभिन्न जिल्लाहरुको कायकर्ता नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राष्ट्रियसभा सदस्य सुमन प्याकुरेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ