ओली समूहको नेकपाले आगामी मंसिर २ गते महाधिवेशन गर्ने

समाचार

12/22/2020

काठमाडौं, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओली समूहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा बोलाएका थिए ।

बैठकमा उनले प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीयमा ५५६ थपेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव अनुमोदन गरे, जसलाई बैठकलाई अनुमोदन गरेको छ ।

बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ भने ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ