औपनिवेशिक चिन्तन अन्त्य भए मात्र मुलुकको समस्याको स्थायी समाधान हुन्छ : महतो

समाचार

1/22/2021

सप्तरी, ९ माघ । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले औपनिवेशिक चिन्तन अन्त्य भए मात्र मुलुकमा स्थायित्व हुने बताएका छन् ।

राजविराजमा शुक्रबार प्रेस मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतोले मुलुकको समस्याको स्थायी समाधान औपनिवेशिक चिन्तनको अन्त्य भए मात्र हुने बताएका हुन् ।

उनले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई मान्य हुने भन्दै अहिलेको समस्याको समाधान चुनाव वा पुनःस्थापना दुवैले दिन नसक्ने धारणा राखे ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हिटलरशाही’ देखाएको महतोले आरोप लगाए ।

उनले भने, शासकवर्ग औपनिवेशिक र नश्लीय चिन्तनबाट ग्रसित रहेकाले संसद पुनर्स्थापना वा चुनावबाट पनि देशमा स्थायी समाधान आउँदैन ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ