विराटनगर, २७ पुस । नेपाल औषधी व्यवसायी संघ मोरङ जिल्ला शाखाको नवनिर्वाचित पदाधिकारीहरूले शनिवार पदभार ग्रहण गरेका छन् । विराटनगर–१० स्थित औषधी व्यवसायी संघ कोशी शाखाको भवनमा शाखाले आयोजना गरेको पदभार ग्रहण समारोहमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले पदभार ग्रहण गरेका हुन् ।
गत मंसिर २० गते भएको संघको निर्वाचनबाट निर्वाचित अध्यक्ष लक्ष्मी तिम्सिनालाई निर्वाचन समितिका संयोजक अधिवक्ता सुरेशलाल श्रेष्ठले सपथ ग्रहण गराए । अध्यक्ष तिम्सिनाले सपथ ग्रहण लिएपछि उनले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरु उपाध्यक्ष देशबन्धु ढकाल, महासचिब दिनेश ठाकुर, सचिब हरिराज रेग्मी, कोषाध्यक्ष विजयकुमार राजवंशी र सह–कोषाध्यक्ष पुष्पराज पोखरेललाई सपथ ग्रहण गराएका थिए ।
त्यस्तै अध्यक्ष तिम्सिनाले नवनिर्वाचित सदस्यहरु अनिल चौधरी (शर्मा), सरिता चौधरी र प्रकाश धिमाललाई समेत सपथ ग्रहण गराएका थिए । सपथ ग्रहणपछि निर्वाचन समितिका संयोजक अधिवक्ता श्रेष्ठ, कोशी शाखाका अध्यक्ष कुमार खतिवडा, महासचिव हरिमोहन श्रेष्ठले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पदभार ग्रहण गराएका थिए । साथै सोहि समारोहमा निर्वाचन समितिका संयोजक अधिवक्ता श्रेष्ठले माइन्यूट खाता नवनिर्वाचत महासचिव दिनेश ठाकुरलाई हस्तान्तरण गरेका थिए ।
तपाईको प्रतिक्रिया