बारा, १३ मङ्सिर । जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया तिनकुने चोकबाट करिब १२ लाख रुपैयाँ मूल्य बराबरको आवश्यक कागजपत्र नभएको २६ बोरा ईलाइची शनिबार बिहान प्रहरीले बरामद गरेको छ ।
नारायणघाटबाट काकडभिट्टातर्फ जाँदै गरेको ना.७ ख २६५ नम्बरको बसलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको छतमा रहेको उक्त ईलाइची फेला पारी बरामद गरेको हो ।
ईलाइची ल्याउने व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया