कांग्रेसका नवलपरासी उपसभापतिको कोरोनाका कारण मृत्यु

समाचार

8/18/2020

काठमाडौं, २ भाद्र । नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको छ ।

तत्कालीन फोरम लोकतान्त्रिकका नेता रहेका उनी कांग्रेससँग एकीकरणपछि नेपाली कांग्रेसको उपसभापति भएका थिए ।

नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा मंगलबार बिहान ६ बजे मृत्यु भएको हो ।

गिरीको केही समय अगाडि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको थियो । त्यसपछि श्वासप्रश्वासमा समस्या देखिएको र पुनः मेडिकल कलेजमा जाँच गराउँदा निमोनिया देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

त्यसपछि बुटवलको कोरोना अस्पतालमा एक दिन भर्ना भएर उपचार गराएका गिरीलाई थप उपचारका लागि पाटन अस्पताल लगिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ