काँग्रेसको महाधिवेशन भदौमा

समाचार

2/18/2021

काठमाडौं, ६ फागुन । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आगामी भदौँको ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव गरिएको छ । फागुन पहिलो साता महाधिवेशन गर्ने कार्यतालिका कार्यान्वयन नहुने भएपछि त्यसलाई परिमार्जन गर्दै काँग्रेसले भदौँ पहिलो साता महाधिवेशनको प्रस्ताव गरेको हो ।

बैठकका पार्टीका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको नयाँ मितिको प्रस्ताव बैठकमा गरेका थिए । यसका साथै पार्टीको महाधिवेशन अन्तरगत बडास्तरको अधिवेशन असार २० गतेबाट प्रारम्भ गर्ने प्रस्ताव बैठकमा गरिएको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकमा सभापति देउवाको हालको कार्यकाल छ महिना थप गर्ने प्रस्ताव समेत गरिएको छ । देउवा नेतृत्वको पार्टीको केन्द्रीय कार्यसमितिको पाँच वर्षको कार्यकाल आगामी फागुन १० गते सकिदैछ ।

यसअघि पार्टीले एक वर्ष कार्यकाल थप गर्ने निर्णय गरेको थियो । काँग्रेसको विधान अनुसार पार्टीको कार्यसमितिको कार्यकाल चार वर्ष हो । बैठकमा पार्टीको विधान संशोधन गर्ने प्रस्ताव समेत बैठकमा राखिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ