काठमाडौं, ७ चैत । नेपाली कांग्रेसलाई सरकारको नेतृत्व लिन कसैबाट प्रस्ताव नआएको उपसभापति विमलेन्द्र निधिले बताएका छन् । उनले सरकारको नेतृत्वका निम्ति कुनै दलबाट औपचारिक प्रस्ताव नआएको बताएका हुन् ।
सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जसपाका नेताहरुसँग भेटवार्ता भएपनि सरकारको नेतृत्व लिन प्रस्ताव नआएको उनले बताए ।
माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बाट औपचारिक प्रस्ताव नआएको उनले बताए ।
तपाईको प्रतिक्रिया