काठमाडौं, ६ पुस । नेपाली कांग्रेसले नेकपा, जसपा, राप्रपालगायत दलहरुसँग छलफल गर्नका लागि सर्वदलीय बैठक आह्वान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको कांग्रेस कार्यालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी चुनावसमेत घोषणा गरेको अवस्थाबारे छलफल गर्न कांग्रेसले आज दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएको हो ।
तपाईको प्रतिक्रिया