सर्लाही, ५ जेठ । नेपाली कांग्रेसका नेता मनोज आचार्यले कोभिड–१९ को दोस्रो लहरको बढ्दो संक्रमणबाट आजित मानव समुदायलाई बचाउने उद्देश्यले सर्लाहीको ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकामा आफ्नै अग्रसरतामा ५० बेडको क्वारेन्टिनस्थल निर्माण गर्ने भएका छन् ।
आचार्यकाअनुसार क्वारेन्टिन स्थलमा चाहिने सम्पूर्ण सामग्री खरिद गरिसकेको र यही सातामा उक्त सामग्री लिएर उनी सर्लाही आउने छन् । आचार्यले सर्लाहीमा विपन्न नागरिकको लागि एउटा फुड बैंक पनि स्थापना गर्ने बताए ।
आचार्यले कोभिड–१९ को पहिलो चरणमा पनि सर्लाहीका विभिन्न पालिकाहरूमा आवश्यक स्वास्थ्य लगायत खाद्य सामग्री वितरण गरेका थिए । त्यस्तै समाजसेवी मनोज आचार्यले काठमाडौँमा मंगलबार एक कार्यक्रमबीच स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाको अग्रसरतामा काठमाडौंको ज्ञानेश्वरमा निर्माण गर्न लागिएको अस्थायी कोभिड अस्पतालका लागि समाजवेवी आचार्यले केही स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।
तपाईको प्रतिक्रिया