कांग्रेस बर्दियाका कार्यवाहक सभापतिसहित ४४ जनाद्वारा सामूहिक राजीनामा

समाचार

4/23/2021

बदिैया, १० बैशाख । गुण्डा लगाएर कार्यवाहक सभापतिसहितलाई हातपात गरेको भन्दै नेपाली कांग्रेस बर्दिया कार्यसमितिका ४४ जनाले सामूहिक राजीनामा दिएका छन् ।

बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले गुण्डा परिचालन गरी कार्यवहाक सभापति मिश्रीलाल यादव लगायतमाथि हातपात गर्नुका साथै कार्यालय बन्द गरेको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएको जनाएका छन् ।

कांग्रेसको १४ औँ महाधिवेशन सम्पन्न गर्ने महत्त्वपूर्ण समयमा पार्टीका नेताहरूमाथि गुन्डा परिचालन गर्ने, हातपात तथा मान–सम्मानमा गम्भीर आँच आउने कार्य भएको हुँदा काम गर्न सक्ने अवस्था नरहेको सामूहिक राजीनामा पत्रमा जनाइएको छ ।

राजीनामा पत्रमा भनिएको छ, ‘यो विषम परिस्थितिमा पार्टी कार्यालयमा तालाबन्धदी गरी बाहिर गुण्डाहरु परिचालन गरेकाले हामी पार्टीमा काम गर्न असमर्थ रहेका छौँ, आ–आफ्नो पदबाट राजीनामा दिएका छौँ ।’

शुक्रबार गुलरियामा अयोजित पत्रकार सम्मेलनमा कार्यबाहक सभापति मिश्रीलाल यादवले यस्तो कार्य निन्दनीय भएको बताए ।

पार्टीको महाधिवेशनलाई सम्पन्न गर्ने महत्वपूर्ण समयमा पार्टीको काम खटिरहेका आफूहरुमाथि बर्दिया क्षेत्र नं. १ का क्षेत्रीय सभापति मुक्तिनाथ यादव, पूर्व सचिव तेज बहादुर भाट लगायतका व्यक्तिहरूले हातपात गरेको तथा कार्यालयको सचिवालय कक्षमा गई नेताहरुलाई लछारपछार गरी तालाबन्दी गरेको पत्रमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ