कुटपिटबाट कामदारको मृत्यु

समाचार

5/26/2021

कपिलवस्तु, १२ जेठ । कृष्णनगर नगरपालिका–१२ सोनबर्षा बस्ने नरेन्द्र यादवको घरमा काम गर्दै आएका सोही नगरपालिका–४ सिर्सिहवा बस्ने ३२ वर्षीय ठाकुर कोरीको कुटपिटबाट मृत्यु भएको छ ।

करिब ७ महिना अगाडिदेखि उक्त घरमा काम गर्दै आएका उनलाई वैशाख २९ गते नरेन्द्र र उनकै छोरा मुरज यादवले कुटपिट गरी घाइते बनाएको र मंगलबार मृत्यु भएको भएको थियो ।

खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कृष्णनगर र प्रहरी चौकी सिर्सिहवाबाट प्रहरी टोली खटिगएको छ ।

कुटपिटमा संलग्न हाल हाल फरार दुवै जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ