राजविराज, १० जेठ । कुटपिटबाट घाइते भएका सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरका ५२ वर्षीय रामदल यादवको सोमबार मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते यादवको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।
मादक पदार्थ र नशालु पदार्थ खाएर बुधबार राति आपसमा झगडा हुँदा गाउँकै युवाहरुले धारिलो हतियारले निर्घात कुटपिट गरेको स्थानीयले बताए ।
सडक किनारमा टाउकोमा धारिलो हतियारले काटेर रक्ताम्मे अवस्थामा फेला परेका घाइतेलाई तत्कालै उपचारका लागि बिराटनगर पठाइएको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले सोही गाउँका बिनय यादव, मुकेश यादब, मुकेश पासवान र मनोज यादब पक्राउ परेका छन् । पक्राउ परेका आरोपितहरुले कदम हटिया नजिक गाउँकै पोखरीमा माछापालन गरेर बसेका रामदलसँग बुधबार दिउँसो झगडा गरेका थिए ।
पक्राउ परेका युवाहरु यसअघि पनि कुटपिट र लागूऔषध ओसारपसारको आरोपमा पटक–पटक पक्राउ परेको स्थानीयवासीले बताए ।
तपाईको प्रतिक्रिया