कुटपिट गरी घाइते बनाएको अभियोगमा पक्राउ

समाचार

6/18/2020

धनुषा, ४ असार । २४ वर्षीया गर्भवती महिलालाई कुटपिट गरी घाइते बनाएको अभियोगमा शहिदनगर नगरपालिका–७ बस्ने २२ वर्षीय अर्जुन मण्डललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

मण्डलले ती महिलालाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय यदुकुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ