कपिलवस्तु, १७ चैत । शुद्धोधन गाउँपालिका–३ मेहतिनियास्थित बाबा इँटाभट्टामा काम गर्ने भारत जिल्ला नौबादा बस्ने ६० वर्षीय गंगा मल्लाहको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रन्जित मल्लाहलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुबीच एक आपसमा झगडा एवं कुटपिट हुँदा टाउकोमा चोट लागि गम्भीर घाइते भएका गंगाको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरी चौकी लवनीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रन्जितलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया