कुटपिट हुँदा १ जनाको मृत्यु

समाचार

6/18/2021

रुपन्देही, ४ असार । कोटहीमाई गाउँपालिका–२ कालवारीमा बच्चाले झगडा गरेको बिषयलाई लिएर छिमेकीबिच कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीय साधु यादवको बिहीबार राति मृत्यु भएको छ ।

छिमेकीबीच कुटपिट हुँदा ८ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि भिम अस्पताल भैरहवा पठाएकोमा साधुको उपचारको क्रममा मृत्यु भएको हो ।

कुटपिटमा घाइते भएका अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था मध्यम रहेको छ भने २ जनाको सामान्य रहको छ ।

कुटपिटमा संलग्न ३ जनालाई नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ