कटुवा पेस्तोलसहित २ जना पक्राउ

समाचार

6/3/2021

जनकपुरधाम, २० जेठ । धनुषामा हतियारसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाबाट कटुवा पेस्तोल सहित दुई युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धनुषाको सहिद नगर नगरपालिका २ बस्ने २५ वर्षीय उत्तिमलाल पासमान र १९ वर्षीय निपुल यादव छन् ।

उनीहरुलाईयदुकोहाबाट भारतको महिनाथपुर जाने क्रममा प्रहरी चौकी तिनकौरियादेखि ५ सय मिटर उत्तरमा विशेष सूचनाका आधारमा चेकजाँच गर्दा कटुवा पेस्तोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ